पार्टी , संस्था वा कम्पनी सचांलनको लागि इमानदारीता र विधि अनिवार्य शर्त हो । नेतृत्वमा इमानदारीता पनि छैन र संस्था सचांलन गर्न कुनै नियम कानुन वा विधि पनि निर्माण गरिएको छैन वा त्यो प्रयोगहिन बनेको छ भने सम्झौं कि त्यो पार्टी , संस्था वा कम्पनी दुर्घटनाको नजिकै छ । जुन संस्थामा झुट , छलकपट , बेइमानी र धुर्ताइको पर्तिस्पर्धा चल्दछ भने त्यो सस्थाको विघटनलाई कसैले रोक्न सक्दैन ।हामिकहाँ यतिबेला विशालकाय जुन राजनैतिक संस्था विद्दमान छ , त्यस्का सूचकांकहरुको अध्ययन गर्दा यस्ले आगामी दिनहरुमा राष्ट्र र जनताको हित गर्न असक्षम भै सकेको छ भनेर भन्नुपर्दछ । अत : यस संस्थाको विघटन अनिवार्य बन्न गएको छ । अब यो संस्थाको पुननिर्माण र सोलोडोलो रुपान्तरणको सम्भावना समाप्त भइसकेको छ ।
जस्तो कि बिमार व्यक्ती स्वस्थ हुनको लागि शरिरका आधारभुत पाटपुर्जाहरु मस्तिष्क , मुटु वा फोक्सोहरु उपचार गर्ने अवस्थामा हुनुपर्दछ । ठिक त्यसरी नै संस्था एकीकृत र मजबुत रहनको लागि केही आधारभुत मापदण्डहरु क्रियाशिल रहेको हुनुपर्दछ । विचार गरौं कि संस्थामा इमानदारिता छैन , कमिटी प्रणाली छैन , विचार दृष्टिकोण प्रती नेतृत्व इमानदार छैन , संस्था सचांलनको विधि त्यहाँ प्रयोग हुन सक्दैन ।
कुनै पनि कमिटिले निर्णय गर्ने क्षमता राख्दैन , संस्थामा आचारसंहिता र गोप्यनियताको पालना र प्रयोग गरिदैन, दुई भिन्न संस्थाका चेयरमेनहरु जस्तै महिनौं वान टु वान वार्ताको विधि अवलम्बन गरिएको छ , जो संगठानात्मक मान्यताको विरुद्धमा छ , एकले अर्कोलाई गम्भीर प्रकृतिका आरोपहरुका वाणको वर्षा गरिएको छ , गल्ती कस्ले गर्यो भनेर छुट्टाउने कुनै मापन त्यहाँ रहेको छैन । यस्तो अवस्थामा यो निष्कर्ष सजिलै निस्कन्छ कि संस्था वा संगठनलाइ पुनर्जीवित राख्ने र संस्थालाइ गतिशिल बनाउने सुचकांकहरु मृतप्राय अवस्थामा रहेका छन ।
यस्तो अवस्थामा त्यो संस्थालाइ पुनर्जीवित राख्न सकिन्छ भनेर सोच्नु बालहठ हुन जान्छ । मानौं कि दुबै थरिको विचार पञ्चगमन तिरको छ अथवा दुबै थरिको विचार अग्रगमनतिरको छ वा एकाथरिको विचार पञ्चगमनतिरको छ र अर्का थरिको विचार अग्रगमनतिरको छ भने पनि त्यस्तो अवस्थामा एकीकृत राख्ने भनेको विधि र आचारसंहिताले नै हो । जब सिस्टम विधि वा आचारसंहिताले काम गर्दैन भने त्यो संस्थालाई एकीकृत अवस्थामा कसरी राख्न सकिन्छ ! असम्भव !
अहिले धेरै शेयरधनिहरुले संस्था एकीकृत रहनु पर्दछ भनेर आवाजहरु उठाउनुभएको छ , चिन्ता व्यक्त गर्नु भएको छ , यो मानवीय समवेदनाको कुरा हो । हाम्रो परिवारमा सय वर्ष पुग्नु भएकि आमा बिमार हुनुभयो भने हामिलाई आफ्नी आमा अझै केही वर्ष जिवितै रहे हुने थियो भनेर सोच्दछौं । ठिक त्यसरी नै संस्थाको सम्बन्धमा हामिले एकताको कामना गर्नु भावनाको कुरा हो । तर संस्था एकीकृत र बलवान रहन जे गर्नु पर्दथ्यो त्यस्को ठिक विपरीत व्यवहार भइरहेको कारण संस्था एकीकृत हुने अवस्थामा छैन । अहिले जो बिभाजित भइ सकेको छैन त्यस्को कारण भित्रि हैन कि त्यो बाहिरी कारण हो ।
अर्थात संस्था भित्रका हजारौंले विभिन्न पदबाट राज्यको सुबिधा प्राप्त गरेका छन , मन्त्रीहरु , सभासदहरु , राज्य सभासदहरु , स्थानीय निकाय पदहरुका कारण त्यो एकीकृत देखिन्छ र यहि कृत्रिम अक्सिजनको कारणले केही समय यो अवस्थामा रहिरहने छ । अहिलेको अवस्था भनेको दिनभरि सहरबजारमा मेरि श्रीमति चरीत्रहिन छन भनेर विज्ञापन गर्ने र साँझ उनैसगँ सम्बन्ध राख्ने हुतिहारा लोग्नेको जस्तो रहेको छ । समय मै मेजर राजनैतिक अप्रेसन गर्ने हिम्मत नदेखाउने हो भने स्थिति गम्भीर बन्ने कुराका पुर्व संकेतहरु देखिएका छन । समय मै सचेत हुन पर्ला कि !
प्रतिक्रिया