देउखुरी १५ साउन । दाङको मुसीनाकामा पहिलो पटक बिद्युत् पुगेसंगै टुकी बाल्नुपर्ने बाध्यता हटेको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर ८ को मुसीनाकामा बिद्युत पुगेसंगै मुसीनाकाका ५८ घरपरिवार लाभावन्तित भएका छन् । नाकामा विजुली बत्ती बलेपछि नाकामा खुसियाली छाएको छ । नेपाल भारत सिमा क्षेत्रमा रहेको मुसिनाका गाउँमा विद्युत् नहुँदा पुरै गाउँ अन्धकार थियो । गढवा गाउँपालिका वडा नम्बर ८ मुसीनाका स्थानीय प्रेमा सुनारले बिजुली बत्ती बलेसंगै गाउँमा सुरक्षा समेत हुने बताउनुभयो ।
अब रातको समयमा अन्धकार हुँदा किराकाँटीको डर थियो यो पनि अन्त्य भएको छ, उहाँले भन्नुभयो । वडा कार्यालयको पहलमा गढवा गाउँपालिकाको १० लाख र वडा कार्यालयको ३५ लाख गरि कुल ४५ लाखको लागतमा मुसीनाकामा बिद्युत्त बलेको हो । कोइलाबास देखि खबरीनाका हुदै भौवानाका जोड्ने बिद्युत् लाइन बिस्तारको काम पनि अगाडी बढीरहेको छ । गढवा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष सद्दाम सिद्धिकीले लामो समयको प्रयासपछि नाकामा बिजुली बाल्न सफल भएको बताउनुभयो । यस बर्ष मुसीनाकामा बिजुली बालियो अब लगत्तै गढवाकै बखरी नाका सम्म बिद्युत् पु¥याउने योजना छ, वडाअध्यक्ष सिद्धिकीले भन्नुभयो ।
यसैबिच मुसीनाकामा एक कार्यक्रमका बिच बिद्युत् वालेर उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडानं. ८ का वडाअध्यक्ष सद्दाम सिद्धिकी र नेपाल बिद्युत् प्राधिकरण गढवा शाखाका प्रमुख काँसी चौधरीले संयुक्त रुपमाबिद्युत्तको स्विच थिचेर उद्घाटन गर्नुभएको हो ।
प्रतिक्रिया