सूचना र प्रविधि

नारायणगढ मुग्लिङ सडकखण्डमा एकतर्फी गाडी सञ्चालन



काठमाण्डौ १६ साउन ।  नारायणगढ मुग्लिङ सडकखण्डमा एकतर्फी मात्रै गाडी चलिरहेका छन् । गएराति इच्छाकामना गाउँपालिका ६ चोरखोलामा पहिरो खसेकाले एकतर्फी मात्रै गाडी चलेका मुग्लिङ प्रहरीले जनाएको छ । पहिरो खसेपछि केहीबेर सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । त्यसपछि मर्मत गरेर एकतर्फी रुपमा आलोपालो गरी सडकखण्ड सञ्चालनमा ल्याइएको हो । एकतर्फी मात्रै गाडी चल्दा यो सडकखण्डको चोरखोला आसपास गाडीको जाम भएको छ । यात्रुले केही समय पालो पर्खनुपर्ने अवस्था छ।यस्तै पहिरोका कारण भालुवाङ प्युठान सडकखण्ड अवरुद्ध भएको छ ।

          प्युठानको सरुमहारानी गाउँपालिका ४ खहरेखोलामा पहिरो खस्दा यो सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले यस सडकखण्डमा पहिरो पन्छाउने काम चलिरहेको प्रहरीले जनाएको छ । यस्तै पहिरो र बाढीका कारण यसअघि अवरुद्ध भएका केही सडकखण्ड पनि अझै सञ्चालनमा आउन सकेका छैनन् । 

प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६