कपिलवस्तु १७ साउन । कुनै दिन काम गरेर नमुना अदालतको उपाधी हासिल गरेको कपिलवस्तु अदालतले गत आवमा कामका हिसावले जष्टपास नतिजा हासिल गरेको छ । आफ्नै लक्ष्यको ४४ प्रतिसत सफलता हासिल गरेर फेल हुनवाट जोगिएको हो । तर राम्रो अंक भने ल्याउन सकेन । अदालतले नै सार्वजनिक गरेको विवरण अनुसार कपिलवस्तु अदालतमा ४४ दशमलव ८ प्रतिशत मात्र मुद्दा फर्छौट भएको छ ।
आर्थिक बर्ष २०७६/०७७ मा देवानी र फौज्दारी गरी २ हजार ४ सय ९५ मुद्दा परेका थिए । त्यस मध्ये १ हजार १ सय १७ मुद्दा फर्छौट भएको र १ हजार ३ सय ७८ मुद्दा फर्छौट गर्न बाकी रहेको छ । अदालतका श्रेष्तेदार शिरन्य प्रसाद भण्डारीका अनुसार देवानीतर्फ १ हजार ७ सय ७५ र फौज्दारी तर्फ ७ सय २०को लागत थियो । गत बर्ष बन्दी प्रत्यक्षीकरणका ३ र निषेधाज्ञाका २४ रिट परेका थिए । ७० प्रतिशत बढी मुद्दा फर्छौट गर्ने लक्ष्य रहे पनि कारोना भाईरसका कारण ४ माहिना सम्मको लकडाउनले अदालतको कामकाज समेत प्रभावित भएको श्रेस्तेदार भण्डारीले वताउनु भयो ।
अधिकांस मुद्दाहरु एक बर्ष भन्दा कम अवधिका रहेकोले यस बर्ष प्राथमिकताका साथ काम अघि बढाइइने उहाँले वताउनु भयो । मुद्दा र रिट गरी गत बर्षको १ हजार ३९६ लगत यस बर्ष जिम्मेवारी सरेर आएको छ ।
प्रतिक्रिया