काठमाडौं १८ साउन । आइओसीले मूल्य बढाएको भन्दै नेपाल अयल निगम पेट्रोलियम पदार्थको मुल्य बृद्दि गरेको १ महिना नपुग्दै पुनः मुल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमले जनाएको छ ।नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।
निगमका अनुसार भारतीय आयल कर्पोरेसन्स ९आइओसी०ले अगस्ट १ मा पठाएको मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको हो । कच्चा तेलको मूल्य, डलरको बिनियम दर र आईओसीबाट प्राप्त मूल्यसूचीको आधारमा इन्धनको साबिकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ बढाउने निर्णय भएको आयल निगमले बिज्ञप्ति मार्फत जानकारी दिएको छ । समायोजन गरे पनि निगमलाई पेट्रोलमा १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा नोक्सान हुने निगमका प्रवक्ता बिनीत मणी उपाध्यायले बताए ।
अगष्ट एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमको स्पष्टीकरण छ ।गत असार २६ गते निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा एक एक रुपैयाँ मूल्य बढाएको थियो ।
प्रतिक्रिया