काठमाडौं, १८ साउन । २०७६ कात्तिक ३० गते भीमफेदी कारागारबाट भागेका कुलदीपराज धामीलाई प्रहरीले कञ्चनपुरबाट चितवनतर्फ आउँदै गरेको अवस्थामा नवलपरासीबाट पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुनसरीको रामुधुनी नगरपालिका ७ का २५ वर्षीय धामीलाई २१ वर्षीय रोजिन गुरुङको हत्या अभियोगमा २० वर्ष कैदको फैसला भएको थियो ।कैद भुक्तानका लागि भीमफेदी कारागारमा रहेका धामीलाई पुनः कारागार पठाइने मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए । उनलाई आइतबार बिहान पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ ।
१८ श्रावण २०७७, आइतबार
प्रतिक्रिया