काठमाडौं १८ साउन । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार करिव तीन घण्टा छलफल भएको छ ।साउन १३ को ओलीले एकपक्षीय रुपमा बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्यहरु राखेर स्थायी कमिटी बैठक गरेको ६ दिनपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगन गरेको स्थायी कमिटी बैठक पुनः सञ्चालन गर्ने सहमति बन्न सकेन ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै अध्यक्ष आ–आफ्ना अडानमा कायमै रहकाले ठोस सहमति नभएको स्रोतले जनाएको छ । नेताहरु सोमबार पुनः छलफलमा बस्ने गरी उठेका छन् ।
१८ श्रावण २०७७, आइतबार
प्रतिक्रिया