स्वास्थ्य

लक्षणसहितको संक्रमणले जोखिम बढ्यो



नेपालगन्ज १९ साउन । नेपालगन्जमा जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । निरन्तर खोकी लाग्यो, ज्वरो देखिएपछि चेक गराउँदा कोरोना भाइरस संक्रमण पुष्टि भयो, नेपालगन्ज उपमहानगरपालिकाका वडाध्यक्षले नेपालगन्जन्यूजसँग भने, अरु समस्या देखिएको छैन ।नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिसहित ५४ जनाको स्वाब संकलन गरिएकोमा एक जना वडाध्यक्षसहित दुई जनामा सोमवार संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।बाँके जिल्ला अदालत कोरोना संक्रमणको हटस्पट देखिएको छ ।

             भेरी अस्पतालमा हिजो गरिएको चेकजाँचमा १२ जनामा थप संक्रमण पुष्टि हँुदा अदालतका मात्रै पाँच जना छन् । भेरी अस्पतालका अनुसार, नयाँ संक्रमण भएकोमा आर्मी अस्पताल राँझाका एक जना चिकित्सक सहित ३ जना, अदालतका ५ जना, खजुराका १ जना लगायत छन् ।कारोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्दै भिड नियन्त्रणका लागि बाँके जिल्लामा हिजोबाट निषेधित क्षेत्र जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले संक्रमण समुदायस्तरमा फैलिएको अवस्था देखिएको औल्याउँदै निषेधाज्ञाको पालना गर्न आव्हान गरेका छन् । स्थानीय प्रशासनले हटस्पट पहिचान गरि सिल गर्ने योजना बनाइएको छ । त्यसका लागि सम्बद्धहरुसँग छलफल भइरहेको बताइएको छ ।

प्रकाशित : १९ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६