स्वास्थ्य

पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि



पर्सा २० साउन । पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा रहेको प्रयोगशालाका अनुसार पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। डाक्टर, पत्रकार, नेपाली सेना, व्यापारी र थुनुवा गरी २८ जना पुरुष र ६ जना महिलामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो । योसहित पर्सामा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ६ सय सात पुगेको छ भने अहिलेसम्म २ सय तीन जना कोरोनाको उपचारपछि निको भएर घर फर्किएका छन् ।  पर्सामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको ज्यान गएको छ ।

            मंगलबार सङ्क्रमण पुष्टि भएकामा ब्यारेकका ३ जना नेपाली सेना, १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा १ जना, बयोधा अस्पताल र नेशनल मेडिकल कलेजका एकरएक जना डाक्टर रहेका छन्।पीसीआर परीक्षण गराएका पाँच जनामा समेत कोरोना सङ्क्रमण देखिएको छ । वीरगञ्जका विभिन्न वडाका ३६ देखि ४९ वर्षसम्मका १५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।त्यस्तै पोखरिया नगरपालिकाका २ पुरुष र १ महिलामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्यस्तै जिराभवानी गाउँपालिका सेढवाका २२ वर्षका १ जना युवामा पनि सङ्क्रमण देखिएको छ ।

         त्यसैगरी बारा जिल्ला कलैयाका २९ वर्षका १ जना पुरुष र बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ४ का २८ वर्षका १ जना पुरुष र सर्लाही जिल्ला मलंगवा वडा नम्बर ८ का ४८ वर्षका १ जना पुरुष रहेका छन् । ​स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ८ लाख ९८ हजार ९ सय ७ जनाको कोरोना परीक्षण गरिएकोमा २० हजार ७ सय ५० जनामा कोरोना पुष्टि भएको छ ।जसमध्ये १४ हजार ९ सय ६१ जना निको भएका छन् भने ५ हजार ७ सय ३२ जना आइसोलेशनमा छन् । १० हजार ४ सय ५२ जना क्वरेण्टीनमा छन् । ५७ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

प्रकाशित : २० श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६