कपिलवस्तु
२० साउन २०७७
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले समुदायमा कोरोना जाँच गर्ने क्रममा ५ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । सङ्क्रमित मध्ये १ जना एभरेस्ट बैङ्कका कर्मचारी, १ जना स्थानीय व्यापारी , १ जना शिक्षक र २ विद्यार्थीमा रहेका छन् । जिल्लामा कुल ८०६ जनामा कोरोना देखिएको थियो । कुल सङ्क्रमित मध्ये ७ सय ३९ जना भारतबाट , २० जना अन्य मूलकबाट र ४७ जना स्थानीय रहेका छन् ।
कृष्णनगरमा १३३ जनाको नमुना सङ्कलन गरिएको थियो । ती नमुना लुम्बिनी प्रादेशिक अस्पतालमा जाँच गरिएको थियो । समुदायका कोरोना फैलिएको जाँच गर्नका लागी जिल्लाका ६ पालिकाबाट ३२० नमुना सङ्कलन गरिएको थियो । ४ स्थानीय तहका ५८ जना सङ्क्रमित उपचारका लागी आइसोलेसन भर्ना भएका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए । पिसीआर परीक्षण गराएका ५ सय ७ को नतिजा आउन वाकी रहेको छ ।
प्रतिक्रिया