कपिलवस्तु २१ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना संक्रमण थप भएको छ । बुधवार ५ जना थप भए पछी समुदायमा संक्रमितको संख्या १० पुगेको छ । थप भएका मध्ये नगरपालिकामा कार्यारत १ सव ईन्जीनियर सहित २ कर्मचारी , १ स्वास्थ्यकर्मी, र २ जना नेपाल बैंक कृष्णनगरका कर्मचारीमा रहेका छन् । समुदायमा समुदायमा कोरोना जाँच गर्नका लागी कृष्णनगर नगरपालिकाबाट १३३ नमुना संकलन गरीएको थियो ।
मंगलवार १ बैंकका कर्मचारी, १ जना स्थानिय ब्यापारी , १ जना शिक्षक र २ बिद्यार्थीमा कोरोना देखिएको थियो । जिल्लामा कुल ८११ संक्रमित मध्ये ६३ जना उपचाररत रहेका छन । समुदायमा कोरोना परिक्षण गराउदा महाराजगंज नगरपालिका र यशोधरा गाँउपालिकामा कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
प्रतिक्रिया