ब्रेकिंग न्युज

मदन पुरस्कारका लागि सात पुस्तकहरू छनौट



काठमाडौं २१ साउन । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७६’का लागि सात पुस्तकहरू छनौट गरेको छ। गुठीले २०७६ मा प्रकाशित भएर प्राप्त भएका १५१ पुस्तकमध्येबाट पुरस्कारका लागि ७ पुस्तक छनौट गरेको हो। प्राप्त पुस्तकमध्येबाट बढीमा उत्कृष्ट १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको हो। छनौटमा परेका यी पुस्तकमध्ये एउटा पुस्तकलाई २०७६ सालको मदन पुरस्कार दिइनेछ।गुठीले मदन पुरस्कारका लागि विमल निभाको ुजोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह  भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु खण्ड १ – ३ चन्द्रप्रकाश बानियाँको महारानी ललित बिष्टको मोहपथु र शारदा शर्माको यात्रामा छनौट गरेको छ।

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६