सुर्खेत २२ साउन । सुर्खेतमा अवैधरुपमा बिक्रि गर्न राखेको मल जिल्ला प्रशासन कार्यालय सुर्खेतले बरामद गरेको छ । भेरीगङ्गा नगरपालिकाको छिन्चुमा अनुगमनका क्रममा प्रशासनको टोलीले एक एग्रोभेटबाट ६२ बोरा मल बरामद गरेको हो ।सहायक प्रमुुख जिल्ला अधिकारी भीमकान्त पौडेलले छिन्चुस्थित कमला एग्रोभेटले इजाजतपत्र नलिई मल बिक्री गर्दै आएको पाइएकाले बरामद गरिएको बताउनुभयो ।
प्रशासनले ५९ बोरा डिएपी तथा तीन बोरा युरिया मल बरामद गरेको छ । प्रशासनले मलसँगै मल ढुवानी गर्ने गाडी पनि नियन्त्रणमा लिएको छ ।उहाँले मल बिक्रीका लागि कानूनीरुपमा अनुमति लिनु पर्ने बताउनुभयो । साथै यस विषयमा थप अनुसन्धान भइरहेको समेत सहायक प्रमुख जिल्ला अधिकारी पौडेललेँ जानकारी दिनुभयो ।
प्रतिक्रिया