बांकें
२४ साउन २०७७
प्रदेश नं. ५ मा प्रदेश सभा सदस्य कृष्णा केसी नमुनालाई कोरोना सङ्क्रमण देखिएको छ । केसीले शनिवार राती १० बजे आफ्नो फेसबुक मार्फत कोरोना सङ्क्रमण भएको सार्वजनिक गरेकी छिन । बांकें क्षेत्र नं. १ ‘ख’ बाट उनी प्रदेश सभामा प्रतिनिधित्व गरेकी थिइन ।
फेसबुक मार्फत आफू सँग नजिक सम्पर्कमा रहेका लाई सेल्फ आइसोलेट भई पिसीआर परीक्षण गराउन अनुरोध गरेकी छिन । उनी नेकपा प्रदेश नं. ५ प्रदेश कमिटीका सदस्य समेत हुन । क्वारेनटाइन, आइसोलेसन निर्माणदेखि ल्याब जस्ता काम सम्पन्न गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन । उनको निर्वाचन क्षेत्र समेत रहेको नरैनापुरमा कोरोनाको हटस्पट बन्दा त्यसलाई न्यूनीकरण गर्नदेखि बिद्युतीकरणमा समेत महत्त्वपूर्ण भूमिका खेलेकी थिइन ।
प्रतिक्रिया