कपिलवस्तु २५ साउन । प्रदेश ५का विभिन्न जिल्लामा समुदाय स्तरमा कोभिड १९ फैलिएको को रिपोर्ट धमाधम आउन थालेकाछन् । कपिलवस्तुमा ६ पालिकामा ८४ जना संक्रमित फेला परेकाछन् ।तराईका अन्य जिल्लामा पनि नतिजा पोजेटिभ आउने क्रम वढेकोछ । यता कोरोना पोजेटिभ नतिजा आएकालाई राख्न स्थानीय रुपमा आइसोलेसनहरु रहेपनि लक्षण देखिएका बिरामीलाई उपचार गर्ने अस्पताल प्रदेश ५ मा ५ वटा मात्रै छन्।
लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल, भैरहवाको भीम अस्पताल, बाँकेको खजुरा क्यान्सर अस्पताल र दाङ बेल्झुण्डीको कोरोना विशेष अस्पताल रहेका छन्। भैरहवाको भीम अस्पतालले आफ्नो नियमित सेवा शुरु गरिसकेको छ।यता चन्द्रौटा स्थित नवर्मित अस्पत्ताल पनि एक हप्ता भित्रै संचालनमा आउने अन्तिम तयारीमा छ ।
यी ५ वटा अस्पतालका आइसोलेसनमा कुल २ सय २१ वटा बेड रहेका छन्। त्यसबाहेक आइसियुमा थप २९ वटा बेड रहेका छन्।अहिले आइसियुमा बुटवलको कोरोना अस्पतालमा ४ जना मात्र उपचाररत रहेका छन्। ५ वटा अस्पतालका सामान्य बेडतर्फ २६ जना बिरामी रहेका छन्। लक्षण देखिएका र गम्भीर प्रकारका बिरामी थपिँदै गएमा केहिदिन पछि उपचारको लागि बेड अभाव हुन सक्छ ।तर २२१ बेड उपलब्ध भएकाले तत्काल कुनै समस्या नआउने प्रदेश सामाजिक विकास मन्त्रालयको दाविछ ।
सम्भावित जोखिमलाई आँकलन गरेर पूर्वतयारी गरिहेको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताउनु भयो । ‘तत्कालको लागि त हामीलाई समस्या छैन, कोरोना अस्पतालकै बेडहरु खाली छन् ।उहाले भन्नु भयो –पछिको लागि हामी तयारी गर्दैछौं, छलफलमै छौं, यही महिनाको २८ गतेसम्म केही टुंगो लाग्ला।’चौधरीले प्रदेश ५ मा ५ हजार संक्रमित थपिए भने के गर्ने, कहाँ राख्ने भन्नेबारे योजना बनाउन लागेको उहाले जानकारी दिनु भयो ।
‘त्यसमा लक्षण देखिएका, नदेखिएका र गम्भीर प्रकारका बिरामी पनि हुन सक्छनु भन्दै कसैलाई आइसोलेसन सेन्टरमा मात्र राख्नुपर्ने हुन्छ, कतिपयलाई अस्पतालमै भर्ना गर्नुपर्छ त्यसको ब्यवस्था मिलाउछौं भन्नु भयो । सरकारले विद्यालयमा रहेका आइसोलेसन र क्वारेन्टाइन खाली गर्न भनेको छ। त्यसैले अब लक्षण नदेखिएका संक्रमित विद्यालय बाहेककै ठाउँमा राख्नुपर्ने हुन सक्छ।
त्यसको लागि सरकारी तथा सामुदायिक भवन र विद्यालय बाहेक बाहेकका अन्य संरचनाहरुलाई उपयोग गर्ने चौधरीले औल्याउनु भयो । लक्षण सहितको संक्रमितको लागि जिल्ला भित्रकै अस्पतालहरुलाई प्रयोगमा ल्याउने कि भन्नेबारेमा छलफल भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीको भनाइ छ।
प्रतिक्रिया