ब्रेकिंग न्युज

१ करोड २४ लाख घुससहित विद्युत प्राधिकरण ढल्केबरका कार्यालय प्रमुख पक्राउ



महोत्तरी २५ साउन ।  नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाले नियन्त्रणमा लिएको छ ।शनिबार काठमाण्डौ आइरहेका गुप्तालाई एक करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँ बराबरको चेकसहित अख्तियारको टोलीले सिन्धुली कमलामाई नगरपालिका ९ बाट पक्राउ गरेको हो ।

            प्रक्रिया नपुर्याएर भुक्तानीका लागि चेक लिएर काठमाण्डौतिर लागेपछि आयोगको बर्दिबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । गुप्ता भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानीका लागि भन्दै चेक काटेर हिँडेको पाइएको उहाँले बताउनुभयो । पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक (नवौँ तह) का कर्मचारी हुन् ।

प्रकाशित : २५ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६