ब्रेकिंग न्युज

म्याग्दी, गुल्मी र पाल्पाका केही ठाउँमा सलहको झुण्ड सक्रिय



काठमाण्डौ २५ साउन ।  सलहको केही झुण्ड म्याग्दी, गुल्मी र पाल्पाका केही ठाउँमा सक्रिय भएका छन् ।यी ठाउँमा लगाइएका धान, मकै र केराको बोटमा सामान्य नोक्सानी गरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । पश्चिम म्याग्दीमा तुलनात्मक रुपमा बढी नोक्सानी गरेको छ । तर क्षतिको विवरण भने आइसकेको छैन । मालिका, मङ्गला र बेनी नगरपालिकाको केही ठाउँमा सलहले नोक्सानी गरेको छ । तीन दिन अगाडि बझाङ र पर्वतमा देखिएको सलहको झुण्ड फेरि म्याग्दी, गुल्मी र पाल्पामा देखिएको हो । हिजोअस्ति घाम लागेकाले सलह सक्रिय भएका हुनसक्ने उहाँले बताउनुभयो ।

             तर आजदेखि पानी पर्ने क्रम बढेकाले र थोरैको संख्यामा भएकाले धेरै नोक्सानी गर्ने सम्भावना छैन । नेपालमा भएका सलह पनि मर्दै गएका र सीमावर्ती क्षेत्रबाट तत्काल आउने सम्भावना नभएकाले किसानलाई नआत्तिन उहाँले आग्रह गर्नुभएको छ । थोरैको संख्यामा मात्रै भएकाले टिन, थाल ठटाउनुका साथै ठूलो ध्वनी निकालेर भगाउन पनि सुवेदीले आग्रह गर्नुभएको छ । पानी परेको बेला निस्क्रिय भएर जंगलमा बसेका झुण्ड अलिअलि घाम लागेकाले फेरि सक्रिय भएको हुन सक्ने सुवेदीले बताउनुभयो ।

प्रकाशित : २५ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६