कपिलवस्तु २५ साउन । कपिलवस्तुमा कोरोना भाइरस का थप १७ जना संक्रमित थपिएका छन् ।गत साउन २१ गते जिल्ला सदरमुकाम तौलिहवा बजार क्षेत्रमा संकलन गरिएका ११७ जना मध्ये ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही दिन संकलन गरिएका स्वाब मध्ये ९८ जना रिपोर्टको पर्खाइमा रहेका छन् ।यस्तै कपिलवस्तु अस्पतालबाट साउन २३ गते संकलन गरिएका ६ जनाको स्वाब मध्ये ५ जनामा कोरोना देखिएको छ ।साथै कृष्णनगरपालिकामा थप एक जनामा संक्रमण पुष्टि भएको छ ।आइतबार जिल्लामा १७ जना संक्रमित थपिएसंगै जिल्लाभर कुल संक्रमितको संख्या ८ सय ५७ पुगेको छ ।आइतबार थपिएका कोरोना विरामी सामाजिक कार्यमा क्रियाशिल व्यक्ति र जनसमुदायका हुन् ।
२५ श्रावण २०७७, आइतबार
प्रतिक्रिया