चितवन, २५ साउन । चितवनका दुई प्रहरी र एक थुनुवामा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रहरी र थुनुवामै संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय चितवनका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।भरतपुर अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा इलाका प्रहरी कार्यालय (टाडी) मा कार्यरत एक प्रहरी, जिल्ला ट्राफिक कार्यालय चितवनमा कार्यरत एक कर्मचारी र जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरूको कन्ट्याक्ट ट्रेसिङका क्रममा जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको चितवन प्रहरीले जानकारी दिएको छ ।इलाका प्रहरी कार्यालय ९टाडी० का ती प्रहरी बिदाबाट फर्किएर आएको र क्वारेन्टिनमै रहेका बेला उनमा कोरोना संक्रमण पुष्टि भएको हो । हिरासतमा रहेका सबैको तत्काल पीसीआर परीक्षण गरिने चितवन प्रहरीले जानकारी दिएको छ ।यस्तै उनीहरूसँग कानुन व्यवसायी र परिवारका सदस्य बाहेक अन्य आगन्तुकलाई भेटघाट गर्न पनि प्रतिबन्ध लगाइएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया