ब्रेकिंग न्युज

जनकपुरधामका मृतकमा कोरोना पुष्टि



जनकपुरधाम २६ साउन ।  जनकपुरधाममा आइतबार मृत्यु भएका दुईमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जनकपुरधामस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा मृत्यु भएको सोही अस्पतालका सुरक्षा गार्डसमेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । रुघाखोकी र पखालासँगै ज्वरोसमेत आउने गरेका कारण गाउँमै औषधि खाइरहेको अवस्थामा आइतबार बिहान अचानक श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पु¥याउने बित्तिकै उनको मृत्यु भएको थियो ।

      उनको आइतबार नै दाहसंस्कार गरिसकिएको छ । त्यसैगरी काब्या हस्पिटलमा मृत्यु भएको शहीदनगर नगरपालिकाका पुरुषमा भने कोरोना सङ्क्रमण पुष्टि भएको छैन् उनको स्वाब नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनी मुटु र दमका रोगी थिए । काब्या अस्पतालले पनि उनमा कोरोनाको कुनै लक्षण नरहेको दाबी गर्दै आएको थियो । उनको पनि परिवारजनको जिम्मा लगाएर दाहसंस्कार भइसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिनुभयो । 

प्रकाशित : २६ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६