स्वास्थ्य

डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना संक्रमण



पर्सा २७ साउन । पछिल्लो २४ घण्टामा दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमा २२ महिला र अरू पुरुष छन् भने ३ वर्षदेखि ७६ वर्षसम्मका छन् ।

             संक्रमित हुनेहरुमा दुई डाक्टर, स्वास्थ्यकर्मी, प्रहरी र सर्वसाधारण रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिएका छन् ।संक्रमितमध्ये नेसनल मेडिकल कलेज (वीरगञ्ज) का दुई डाक्टरसहित तीन कर्मचारी, नारायणी अस्पतालकै तीन स्टाफ नर्स र दुई कार्यालय सहयोगी र एक जना सशस्त्र प्रहरी रहेका छन् ।यस्तै वीरगञ्जकै भवानी हस्पिटलका ६ कर्मचारी पनि रहेको बताउँदै उपाध्यायले ती चिकित्सक हुन् वा के भन्ने खुल्न बाँकी रहेको बताएका छन् ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६