ब्रेकिंग न्युज

ग्यास पड्किदा घाईते भएका विकको उपचारका लागी सहयोग जुट्दै



कपिलवस्तु २७ साउन । ग्यास पड्किदा गम्भिर घाईते भएका  ७ वर्षिया कृष्ण बहादुर बिकलाई आर्थिक सहयोग जुटेको छ। बाग्लुङ्ग निसिखोला  ढोरपाटन घर भएका ज्ञान बहादुर बिक  जागिरको सिलसिलामा भारतको पंजाबमा बस्दै आएका थिए । ग्यास पड्किदा बिकको छोराको  शरीरको करिब ८० प्रतिशत भाग जलेको थियो।

 अहिले बिक लाई आईसियुमा राखेर उपचार भैरहेको छ ।  थप उपचारको लागि  १३ लाख भारु लाग्ने र परिवारको आर्थिक अवस्था कम्जोर भएका कारण सहयोगको अपिल गरेका थिए ।  पिडितलाई सहयोग गर्न कपिलवस्तु बुद्धभुमी न पा ३ दुविया निवासी रतन वि क ले अभियान नै सञ्चालन गरि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग  ६० हजार ६ सय ३० परिवारको खातामा राख्दिनुभएको छ। अभियान्ता वि क ले यस अभियानमा आफु सक्दो सम्पुर्ण ले सहयोग गर्ने महान सहयोगी हातहरु प्रती धन्यवाद व्यक्त गर्दै  सुनार गाइज ग्रुपलाई विशेष धन्यवाद व्यक्त गर्नु भएको छ ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६