कपिलवस्तु २७ साउन । साउन २१ गते कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, देखि सन्कलन गरिएका नमुना मध्ये नतिजा ९८ आउन बाकी सबैको नतिजा आएको छ । जस मध्ये ११ पोजेटिभ, ८७ नेगेटिभ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित मध्ये २ महिला र ९ पुरुष रहेका छन् । समुदाय स्तरमा गरिएको परिक्षणमा ३ मासु व्यापारि ,३ गहना व्यापारी र अन्य विभिन्न व्यवसायमा आवद्ध रहेका व्यक्ति छन् । यो संगै कपिलबस्तुमा संक्रमितको संख्या ८ सय ७८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
२७ श्रावण २०७७, मंगलबार
प्रतिक्रिया