कपिलवस्तु २७ साउन । कपिलवस्तु नगरपालिकाको तौलिहवामा एकैदिन एकै वडामा ११ जना नयाँ संक्रमित फेला परेपछि स्थानीय ब्यवस्थापनका अस्तब्यस्तता छताछुल्ल भएको छ । कपिलवस्तु नगरपालिकाले तयार पारेका २ वटा आइशोलेशनमा एकजना पनि संक्रमित राखिएको छैन । तर विपन्न समुदायका संक्रमित आफ्नो घरमा अलग्गै आइशोलेशनमा बस्न सक्ने स्थिती नभएपनि आन्तरीक शरणार्थीको रुपमा बस्न थालेका छन् । पछिल्लो बिबरण अनुसार नगरपालिकको वडा नम्बर १ स्थित तौलिहवा बजारमा बिभिन्न पेशा गर्दै आएका ११ जना संक्रमित थपिएका हुन ।
तौलिहवाको हाट बजारमा मासु पसल संचालन गर्दै आएका ३ जना, सुन पसले ३ जना, किराना पसले १ जना, औषधी सप्लायर्स १ जना, सामाग्री ढुवानी कर्ता १ जना, फोटोकपी तथा फ्याक्स प्रिन्टवाला २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले वताउनु भएको छ। यस अघि पनि तौलिहवा बजारकै पान पसले, किराना पसले, जुत्ता चप्पल पसले, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, बिद्यूत कर्मचारी वैंक कर्मचारी, सुरक्षाकर्मी, जन प्रतिनिधी लगायत ११ जनामा कोरोना देखिएको थियो । फोकल पर्सन थापाका अनुसार तौलिहवा बजारबाट लिईएको २ सय २६ नमुनाबाट कुल २२ जना संक्रमित भएका छन ।
कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था विग्रदै गएपछि तौलिहवाका ३ जना गम्भीर अवस्थामा उपचार गराई रहेका छन् । जस मध्ये १ जनाको काठमाण्डौं स्थित ग्राण्डी अस्पतालमा र बांकी २ जनाको बुटवलमा उपचार भई रहेको छ । कपिलवस्तुमा ८ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भई सकेको छ ।यसैविच समुदायस्तर मै तीब्ररुपमा कोरोना संक्रमण फैलिए पछि तौलिहवा बजार कोरोनाको केन्द्र बनेको छ । तौलिहवामा रहेको कपिलवस्तु अस्पतालका छ जना स्वास्थ्यकर्र्मी एक सुरक्षाकर्मीलाइ समेत कोरोना लागेपछि अस्पतालमा अत्यावश्यक सेवा बाहेक अरु सेवा बन्द गरिएको छ ।
यस्तै सदरमुकाम तौलिहवाका ६ बैकिङ संस्थाका १३ कर्मचारीहरु समेत संक्रमित भएपछि बैकहरु समेत बन्द छन । सदरमुकाममा कोराना फैलिएए पछि प्रशासनले साउन ३२ गते सम्मकालागि लकडाउन समेत गरेको छ । उता सदरमुकाम तौलिहवामा कोरोना संक्रमितहरु थपिदै गएका पछि होम आइसोलेशनमा बस्ने प्रावधानले संक्रमितहरुले आफुहरु समस्यामा परेको वताएका छन् । सदरमुकाम तौलिहवाको बजारमा रहेका घरहरु स–साना छन । एउटै घरमा पुरै परिवारहरु वस्दै आएको हुदा पनि आफुहर समस्यामा परेको संक्रमीतले गुनासो गरेका हुन् ।
यस्तोमा आफना परिवारको सदस्य संक्रमित हुदा उनीहरुलाई होम आइसोलेशनमा बस्न गाह्रो परेको मानव अधिकारकर्मी रवि ठाकुर वताउनु हुन्छ । घरमा ठाउ नहुदा कोही आफन्तको शरणमा पुगेका छन् । कोही गैर सरकारी सस्थाको भवनमा बसीरहेका छन । सदरमुकाम तौलिहवामाको चोक बजारमा संक्रमित पुष्टी भएका दुई ब्यापारीहरु घरमा बस्ने ठाउ नभएर महिता रोडमा आफन्तले बनाईरहेको निर्माण सम्पन्न नभएको घरमा बिगत ४ दिन देखि बस्दै आएका छन । संक्रमित जुत्ता पसलेको ४ जना परिवार आफनोे घरमा बस्दै आएका थिए । संक्रमित पुष्टी भए पछि बस्ने छुट्टै ठाउ नभएपछि उनी महितामा निर्मांणाधीन रहेको काका पर्नेको घरमा होम आइसोलेशनमा बसेको ठाकुरले वताउनु भयो ।
उता सरकारी स्तरमा आइसोलेशनको प्रबन्ध नभए पछि केही ब्यक्तिहरु कालिका सामाजिक विकास केन्द्रमा बसेको छन ।यता होम आइसोलेशनका कारण संक्रमितहरु समस्यामा परीरहेका बेला कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेका २ आईसोशनेमा सेन्टर भने प्रयोगबिहीन छन । महिला तथा बालबालिका कार्यालयको भवन र जहदी स्वास्थ्य चौकीको आइसोलेशन सेन्टर प्रयोगबिहीन बनेको हो । प्रदेश नम्बर ५ सरकारको सहयोगमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित महिला तथा बालबालिका कार्यालयमा प्रशासन कार्यालयले २ महिना अघि निर्माण गरेको आइसोलेशनमा अहिले सम्म प्रयोग बिहिन अवस्थामा छ । तर त्यहा अहिले सम्म एक जना बिरामी समेत राखिएको छैन ।
उता नगरपालिकाको अगुवाईमा जहदी स्वास्थ्य चौकीमा बनाईएको आइसोलेशन समेत अहिले पुरैखाली छ । सरकारले होम आइसोलेशनलाई जोड दिएपछि ती दुबै आईसोलेशन सेन्टर प्रयोगबिहीन बनेको हो । ती दुबै आइसोलेशन सेन्टरलाई संचालनमा ल्याउनु पर्ने नागरिक अगुवा अब्दुल रउफले माग गर्नु भएको छ । यस्तै जिल्लामा २२ जना बैकिङ संस्थाका र त्यसपछि ब्यापारी २१ जना संक्रमित भएको पाईएको हो । स्वास्थ्य कार्यालय अनुसार स्वास्थ्यकर्मी र सुरक्षाककर्र्मी दश दश जना, शिक्षक र सिभिल ईन्जीनीयर नौ नौ जना संक्रमित छन ।
यस्तै बिखर्थी ८ जना, औषधी पसले ५ जना, पत्रकार, कृषक र गृहणी चर चार जना, गैर सरकारी संस्थाका ३ तथा अन्य १२ जना संक्रमित भएका छन । जिलालमा १४ प्रतिशत कोरोना संक्रमित स्थानीय समुदायस्तरबाट भएका छन । स्वास्थ्य कार्यालयले जारी गरेको प्रतिबेदन अनुसार कुल संक्रमित मध्ये १४ प्रतिशत समुदायस्तरबाट आएका हुन । यस्तै ८४ प्रतिशत भारतबाट र २ प्रतिशत अन्य देशबाट आएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले वताउनु भयो ।
यसैविच जिल्लामा सोमवार साझ सम्म ८ सय ८० जना संक्रमित भेटिएका छन । जसमध्ये ७ सय ६१ जना निको भई घर फर्किसकेका छन । सबै भन्दा बढी कपिलस्तु नगरपालिकामा अहिले ५३ जना सकृय संक्रमित रहेका छन । यस्तै शिवराज नगरपालिकामा ४० जना, कृष्णनगर नगरपालिकामा २२ बुद्ध्भमी, बाणगंगा नगरपालिका र मायादेबी गाउपालिकामा एक एक जना संक्रमित छन । ४ पालिकामा अहिले सकृय संक्रमित नभएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया