स्वास्थ्य

वुधबार प्रदेश सभा सदस्य श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं २८ साउन । प्रदेश १ सभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसद श्रेष्ठलाई वुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी नेकपाका तर्फबाट प्रदेश सभासदस्य निर्वाचित भएकी हुन् । आफूलाई कोरोना पुष्टि भएपछि श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी छन् । ‘कोभिड १९ को महामारीबाट अछुतो रहन सकिएन । २४ गते स्वाब परीक्षण गराएको थिएँ, आज रिपोर्ट पोजेटिभ आएछ । नयनजी र मसँग एक हप्ताभित्र सम्पर्कमा रहनु हुने सम्पूर्ण महानुभाबहरु सचेत र सजग रहनु होला’, उनले अरुलाई पनि सचेत गराएकी छन् । 

प्रकाशित : २८ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६