सूचना र प्रविधि

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार



काठमाडौँ २८ साउन ।  एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पु¥याइएपछि उनलाई पूजा नाम गरेकी महिला र  उनका श्रीमान्ले यौन व्यवसायमा लगाएका थिए । आफन्त नेपालमा  क्रियाशील नवीन जोशीका अनुसार  ती युवतीलाई एक एजेन्टले नै माया गर्ने नाटक गरेर राखेको तथा सोही काम गराउँदै पैसा आफँै लिने गरेपछि उनले आफू फसेको महसुस गरेकी थिइन् । स्वदेश फिर्तापछि ती महिलालाई हाल होम क्वारेन्टिनमा राखिएको छ ।

  आफन्त नेपालका परामर्शकर्ता तथा उनको स्वदेश फिर्तीमा प्रत्यक्ष संलग्न लक्ष्मी विष्टका अनुसार उनको मानसिक स्थिति बिग्रिएको छ । उनका अनुसार थुप्रै औषधि प्रयोग गराइरहँदा मानसिक स्थिति बिग्रिएको देखिन्छ । तसर्थ उनलाई थप परामर्श र मायाको खाँचो छ । यसमा आफन्त र आफ्नो परिवारको भूमिका निकै महत्वपूर्ण भएकोले छिटोभन्दा छिटो परिवारको जिम्मा लगाइएको हो ।आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले यस्तो विषम परिस्थितिमा पनि उनको उद्वारमा अहोरात्र खटिएका आफन्त नेपाल र रेस्क्यु फाउन्डेशनका उद्वारकर्ता र परामर्शकर्ता तथा स्वदेशफिर्तीमा सहयोग पु¥याउने नेपाली दूतावासप्रति आभार व्यक्त गर्नुभयो ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६