ब्रेकिंग न्युज

आईसीयूमा उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु



काठमाडौं २८ साउन  । ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए।पाठकका अनुसार २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो। अस्पताल ल्याउँदा उनलाई जीउभरी संक्रमण थियो। उनी दम तथा मुटु रोगी थिए।आज  बिहान ४ बजे मृत्यु भएका उनको रिपोर्ट दिउँसो १ बजे आएको हो।किस्ट अस्पतालमै मंगलबार राति पनि काठमाडौं टेकुकी  ७८ वर्षीया महिलाको मृत्यु भएको थियो । उनको पनि बुधबार बिहान कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६