ब्रेकिंग न्युज

कपिलवस्तुका १ यूवाको मृत्यू :श्रीमान आइसियूमा ,श्रीमती कोरोना अस्पतालमा ,छोरा आईशोलुसनमा



कपिलवस्तु २९ साउन   ८ सय बढी संक्रमित हँुदा सम्म न त कसैको ज्यान गयो न लक्षण नै देखा परयो । भन्दा कोरोना रेडजोन भनिएपनि त्यहा खतराको कुनै घण्टी बजेन । जव संक्रमितको संख्या ८ सयवाट ९ सय पुग्यो त्यहि दिन १ जनाको कोरोनाका कारण मृत्यू भयो । यति मात्रमा कोरोना महामारी सिमित रहेन । संक्रमीत कपिलवस्तु नगरपालिका– १ मस्जिद टोलका मासु ब्यापारी गंभिर अवस्थाका साथ बुटवलमा आइसियूमा छन् भने उनको तिन जना परिवार नै कोरानो संक्रमित भएका छन ।

        चार दिन अघि संक्रमित भएका मासु ब्यापारीको श्रीमती र छोरीमा पनि कोरोना देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार लक्षण सहीतका मासु ब्यापारी अहिले कारोना बिशेष असपतालको आइसियुमा उपचाररत छन । उनको श्रीमति र छोरी मंगलवार संक्रमित पुष्टी भएकी हुन । संक्रमित श्रीमतिलाई समेत लक्षण देखा परेपछि कोरोना विशेष अस्पताल बुटवल रिफर गरिएको छ । 

स्वास्थ्यमा समस्या आएपछि उपचारकालागि  मंगलवार राती  बुटवल पठाईएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाईएको छ ।  उनलाइ सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएरातिदेखि स्वास्थ्यमा थप समस्या देखिएको र मृत्यु भएको हो । मृत्यु हुनेमा ४२ बर्षिय कपिलवस्तु नगरपालिकाका–२ जमुहरा टोला राजु भन्ने कृष्ण कुमार गुप्ता । मृतक गुप्ता जमुहरामा खाद्यान्न र ग्यासको डिलार ब्यापारी थिए । पाच दिन अघि १ सय ३ डिग्री ज्वरो आएको र श्वास लिन समेत समस्या आएपछि उपचारकालागि अस्पताल लगिएको थियो । निमोनियाको उपचारपछि निको भएको भन्दै उनलाई घर फर्काएको थियो ।

    फेरी समस्या आए पछि पुनः अर्को पटक समेत अस्पताल लगिएको थियो । अवस्था गंभीर भएपछि उपचारकोलागी बुटवल लगिएको थियो । मृतक गुप्ताको घरमा चार जना भारतीय मजदुरहरु कार्यरत छन ।  यस्तै तौलिहवाका दुई जना कोरोना संक्रमितको अवस्थामा पनि गंभीर रहेको छ । मस्जिद टोलका मासु ब्यापारी र सागरटोलका एक पुरुष काठमाण्डौमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

        यस्तै लुम्बिनी प्रादेशिक अस्पतालद्धारा संचालित बुटवलको धागो कारखानाको भवनमा रहेको कोरोना विशेष अस्पतालमा हाल २२ जना उपचारत रहेका छन । ती मध्ये ६ जना गम्भिर अवस्थाका बिरामीको सघन कक्षमा उपचार भइरहेको अस्तपालका कारोना फोकल पर्सन डा सुदर्शन थापाले वतानु भयो । बाँकी १६ जना लक्षण सहितका बिरामीको जनरल वार्डमा उपचार भइहेको डा थापाले वताउनु भयो ।बुटवलमा उपचारका क्रममा मृत्यू भएका कृष्णनगरका तेलीमा भने कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ ।     

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६