स्वास्थ्य

नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सा र बाराका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि



वीरगञ्ज २९ साउन। पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना महिला छन् ।नारायणी अस्पतालको पीसीआर प्रयोगशाालमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोरोना संक्रमित १ हजार १ सय ४५ पुगेको छ ।कन्ट्याक्ट ट्रेसिङबाट संकलन गरिएको स्वाब नमुना परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । अधिकांश संक्रमित घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन् ।वीरगञ्ज–११ पानीट्यांकीको २८ वर्षीय, वीरगञ्जकै १४ वर्षीया किशोरी, २३ र  २२ वर्षीय युवक र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । 

              वीरगञ्ज–९ को २९ र ३२ वर्षीया महिला तथा १२ वर्षीया बालिकामा पनि कोरोना देखिएको छ ।वीरगञ्ज–१० घडिअर्वाका ५४ वर्षीय पुरुष, १० र ८ वर्षीय बालक, वीरगञ्ज–१० कै १८ वर्षीय युवक, वीरगञ्ज–९ घण्टाघरका ५५ र ३८ वर्षीय पुरुष, ५०, २६, ३७ वर्षीया महिला, ९ र ५ वर्षका बालिका तथा ७ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।वीरगञ्ज–९ रानीघाटका ५४, ४५, ४१, २४, २५ वर्षीय पुरुष र ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।वीरगञ्ज–९ गणेशटोलका ४५ वर्षीय पुरुष र वीरगञ्ज लालपर्साका २६ वर्षीय युवकको पनि कोरोना परीक्षण पोजेटिभ रिपोर्ट आएको छ । बाराको प्रसौनी गाउँपालिका–१का ३३ वर्षीय पुरुष, वीरगञ्ज कारागारका ३७ वर्षीया महिला र ८ वर्षीय बालकमा कारोना देखिएको छ

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६