स्वास्थ्य

जबरजस्ती काठमाण्डौ छिर्न खोज्ने तीन जना पक्राउ



काठमाण्डौ २९ साउन । काठमाण्डौ छिर्ने मुख्य नाका नागढुंगाबाट जबरजस्ती आउँन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति पौने ११ बजेतिर नागढुंगाबाट काठमाण्डौ प्रवेश गर्न लागेका नुवाकोट शिवपुरी गाउँपालिका २ का कमल तामाङ, सुर्खेतको गुर्वाकोट गाउँपालिका १ का बिक्की नेपाली र रुपन्देहीको बुटवल ११ का विशाल रसाईलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

         सरकारले यही १५ गतेदेखि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म नाकाबाट प्रवेश गर्न नदिने निर्णय गरिसकेको छ । तर उनीहरुले काठमाण्डौ प्रवेश गर्न पाउनुपर्ने माग राखेर जबरजस्ती गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुलाई अहिले महानगरीय प्रहरी वित्त थानकोटमा राखिएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले रोकथाम तथा नियन्त्रणको लागि भन्दै कडाइ गर्न थालेको छ ।

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६