ब्रेकिंग न्युज

‘मिर्गौला तस्करी’मा संलग्न आरोपी ५० हजार धरौटीमा रिहा



काठमाडौँ २९ साउन । चितवन कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) मा विष्णुगोपाल बतासले प्रत्यारोपण गराएको ‘मिर्गौला तस्करी’मा संलग्न आरोपी धरौटी बुझाएर रिहा भएका छन् । ०७६ जेठमा बतासलाई कानुन विपरित मिर्गौला प्रत्यारोपण गराउने समूहका डाक्टरसहित १३ जना ‘मिर्गौला तस्कर’को आरोपमा प्रहरीले पक्रेको थियो । जिल्ला अदालत ललितपुरले रेश्मा राई, जमुना बतास र योगेन्द्रराज थपलियालाई जनही ४ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । धरौटी रकम बुझाउन नसकेपछि रेश्मा राईलाई थुनामा पठाइएको छ । 

          ललितपुर महानगरपालिकाका वडा नम्बर– ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जन ५० हजार धरौटी बुझाएर रिहा भएका छन् । भीम प्रसाद खनाल फुल्देल ५५ हजार धरौटीमा रिहा भएका छन् ।डा.राकेश कुमार बर्मा, नवराज केसी, राजकुमार केसी, रामचन्द्र ढकाल, रमेश काफ्ले, डा. सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेती ५० हजार धारौटीमा रिहा भएका छन् ।मिर्गौला बेच्ने सन्तोष राई २० हजार धरौटीमा रिहा भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) तुल बहादुर कार्कीले जानकारी दिए ।

         प्रहरीको मानव वेचविखन अनुसन्धान ब्युरोले ‘मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन–०६४’ अनुसार चलाएको सो मुद्दाको शीर्षक परिवर्तन गरेर ‘मानव शरीरको अंग प्रत्यारोपण’ ऐन अनुसार मुद्दा परिवर्तन गरेपछि आरोपीहरु धरौटीमा रिहा भएका हुन् ।प्रत्यारोपण ऐन–०५३ अनुसार बेचविखनमा भन्दा आधा कम सजाय हुन्छ ।

        ललितपुर महानगरपालिका वडा नम्बर–३ का अध्यक्ष महर्जनलाई जोगाउन मानव बेचविखन व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डा. देवबहादुर बोहरा र जिल्ला सरकारी वकिल कार्यालयका प्रमुखले मुद्दा शीर्षक परिवर्तन गरेको पाइएको छ । मिर्गौला दिने पीडित सन्तोष राईको सुराकको आधारमा प्रहरीले सो मुद्दा अनुसन्धान गरेको थियो । तर, पछि प्रहरीले राईलाई नै मुद्दा लगायो । सूचना दिनेलाई नै मुद्दा लगाएपछि अबका दिनमा मिर्गाौला तस्करीका सूचना लिएर पीडित प्रहरीकहाँ आउन डराउने भन्दै अनुसन्धानमा संलग्न अधिकृतहरुले चिन्ता व्यक्त गरेका छन् । 

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६