ब्रेकिंग न्युज

ओली र प्रचण्डबीच छलफल जारी ,तीन जना नेता पनि बालुवाटारमै



काठमाण्डौ २९ साउन ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चार घण्टादेखि छलफल चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल चलिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्ड ११ बजे बालुवाटार पुगेपछि दुई नेताबीच छलफल भइरहेको हो ।दुई अध्यक्षको छलफल चलिरहँदा बालुवाटारमै नेकपाका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल र जनार्दन शर्माबीच पनि छलफल भइरहेको छ । उहाँहरु कुनै बेला अध्यक्षसहितको बैठकमा पुगेर छलफल गरेको र कुनै बेला आफू–आफूमै छलफल गरिरहेको पनि सल्लाहकार बजगाईंले जानकारी दिनुभयो ।

             दुई अध्यक्षबीच भइरहेका कुरालाई तीन नेताले सहमतिको मस्यौदाका रुपमा तयार गर्नेछन् ।बुधबार प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्तर्वार्तामा पाँच दिनभित्र नेकपाभित्रको विवाद समाधान हुने दाबी गरेको भोलिपल्ट नै छलफल हुनुलाई महत्त्वका साथ हेरिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले स्थायी समिति बैठकमा आफू नजाने, केन्द्रीय समिति बैठक नबोलाउने, स्थायी समिति बैठक राखेमा वैधानिक नहुने, अध्यक्ष र प्रधानमन्त्रीको पद नछोड्ने लगायत अडान राख्दै आउनुभएको छ ।अर्का अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्री ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने, रोकिएको स्थायी समिति बैठक सुरु गर्नुपर्ने र त्यो नभए केन्द्रीय समिति बोलाउनुपर्ने बताउँदै आउनुभएको छ । यही कारणले नेकपामा विवाद बढेको छ ।  

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६