ब्रेकिंग न्युज

कोशी अस्पताल विराटनगरमा ३० वर्षीय युवकको कोरोनाबाट मृत्यु



विराटनगर ३० साउन। कोशी अस्पताल विराटनगरमा अर्का एक ३० वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।विराटनगरका युवकलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

पहिलो रिपोर्ट नेगेटिभ, दोस्रो पोजेटिभ

    उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई आफन्तले विहीबार बिहान कोशी अस्पताल ल्याएका थिए । कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरेको थियो । तर रिपोर्ट नआउँदै बिहीबार दिउँसो ४ बजे उनको मृत्यु भयो ।बिहान संकलन गरिएको स्वाबको रिपोर्ट बेलुका नेगेटिभ आयो । तर रिपोर्ट शंकास्पद लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो । ‘सुरुको रिपोर्ट नेगेटिभ आयो, शंका लागेर पुनः स्वाब संकलन गरेका थियौं,’ डाक्टर दासले भने, ‘आज बिहान पोजेटिभ रिपोर्ट आयो ।

         ’कोरोनाको पीसीआर जाँच गर्दा प्रतिसयमा करिब ७० प्रतिशत सही रिपोर्ट आउँछ । मेसिनको अवस्था र संकलन गरिएको स्वाबका कारण कहिलेकाहीँ पोजेटिभलाई नगेटिभ देखाउन सक्ने प्राविधिकहरु बताउँछन् । सामान्यतया पोजेटिभ देखिएको केसको दुई पटक पीसीआर जाँच गरिन्छ ।

   ३० वर्षीय पुरुषको मृत्यु भएसँगै विराटनगरभित्र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।यसअघि विराटनगर–९ का दुई जना, ३, ५ र १० नम्बर वडाका एक–एक जनाको मृत्यु भएको थियो ।बिहीबार नै सिरहाका ४० वर्षीय पुरुषको कोशी अस्पतालमा मृत्यु भएको थियो । बिहीबार मृत्यु भएका दुई जनाको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले अन्त्येष्टि गर्ने छ ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६