ब्रेकिंग न्युज

नेकपा विवाद समाधानका लागि महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन



काठमाडौं ३० साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद समाधानका लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा कार्यदल गठन गर्ने सहमति भएको हो ।

      कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् ।केपी ओली, प्रचण्ड र माधव नेपाल समूहका दुई दुई जनाको प्रतिनिधित्व हुने गरी कार्यदल गठन भएको हो ।कार्यदलले चाँडोभन्दा चाँडो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव पौडेलले बताए ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६