कपिलवस्तु
३१ साउन, २०७७
कपिलवस्तुको शिवराज नगरपालिकाले कोरोना संक्रमितका लागी अस्पताल भवन निमार्ण गरेको छ । स्थानीय सरकारले आफ्नै बजेटमा ३० बेडको अस्पताल निमार्ण गरेको हो । नगरपालिकाको ६५ लाख लागत तथा १० प्रतिशत स्थानीयहरूको श्रमदान गरी कुल ७२ लाख ३ हजारमा अस्पताल तयार गरिएको छ ।
‘कपिलवस्तुमा कोरोना संक्रमितमा लक्षण देखिएको हुँदा उपचार गर्न बाहिर लैजान नपरोस् भनी अस्पताल भवन निमार्ण गरेको हो । जिल्लामा भेन्टिलेटर सहितको कोरोना अस्पताल सञ्चालन हुने भनिए पनि भवन नुहदाँ रोकिएको थियो । अहिले भवन समेत वनेको छ । कोरोना विशेष अस्पताल बनाउने कुरा हराएको छ ।’ शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताएका छन् । अहिले जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । धेरै संक्रमितलाई लक्षण समेत देखिएको हुँदा कोरोना विशेष अस्पताल सञ्चालन हुन जरुरी रहेको छ ।
अस्पतालका लागी न्यूनतम आवश्यक सामाग्री तथा उपकरण ल्याउने प्रक्रिया सुरु भएको छ । बेड र संक्रमितको उपचारका लागी आवश्यक पर्ने सामाग्री खरिद गरी १ हप्तामा अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ । अहिले सुपा देउराली रिसोर्टको भवन भाडामा लिई आइसोलेसन चलाइएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताएका छन् ।
अस्पतालमा ६ वटा संक्रमित राख्ने कक्ष रहेका छन् एउटा कक्षमा ५ वटा बेड राख्न मिल्ने गरी निमार्ण गरिएको छ । अलग स्टोर रुम, स्टाफ रुम, इमरजेन्सी बिरामी चेक जाँच कक्ष समेत रहेका छन् । महिला पुरुषका लागि ६/६ वटा शौचालय सहितको संरचना तयार भएको अस्पताल निमार्ण समितिका संयोजक महादेव पोखरेलले बताएका छन् ।
प्रतिक्रिया