कपिलवस्तु, ३१ साउन २०७७
समुदायमा कोरोना संक्रमण देखिएको कपिलवस्तुमा लकडाउन थपिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले प्रेसपाटी संग ९ बजे राती कुरा गर्दै कोरोना नियन्त्रणका लागी केही दिन अझ लकडाउन हुने बताउनु भयो । कती दिन थपिने हो भोली बैठक वसी निर्णय हुने छ । अहिलेलाई यती दिन नै भनेर भन्न सकिदैन ।
सामाजिक सन्जाल र समााचारमा १ हप्ता र २ हप्ता लकडाउन थप हुने भन्दै पोष्ट आउन सुरु गरेको छ । बैठकको निर्णय ४ बजे सार्वजनिक गरीने बताईएको छ । कपिलवस्तुमा पछिल्लो समयमा समुदायबाट मात्र कोरोना संक्रमित थप भएका छन । कपिलवस्तु नगरपालिकामा समुदायमा संक्रमित हुनेको संख्या सय नाघेको छ । कृष्णनगर, शिवराज, बुद्धभुमी , बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकामा समुदायमा कोरोना देखिएको छ ।
प्रतिक्रिया