कपिलवस्तु ३२ साउन । कपिलवस्तुको विजयनगर गाँउपालिका स्थित रहेको ठाकुरापुर प्रहरी चौकीले पचाँस कार्टुन मदिरा नियन्त्रणमा लिएकोे छ । गत विहिवार विहान करिब ८ बजे किराना सामान बोकेको भ्यानबाट कार्णली ब्राण्डको ५० कार्टन मदिरा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभयो ।बरामद मदिराको विल समेत रहेकोले थप छनविन गर्नका लागि मदिरा नियन्त्रणमा लिएको प्रहरी निरिक्षक नेपालले जानकारी दिनुभयो । कगजपत्र विल रसिद भएको मदिरा किन नियन्त्रणमा लिएको भन्ने प्रश्नमा प्रहरी निरिक्षक नेपालले जिल्लाबाट निर्देशन आएपछी मात्र मदिरा दिने की नदिने भन्ने सकिने उहाले बताउनु भयो ।लकडाउनको समयमा किराना सामानसगै मदिरा बेचेको भन्दै रु ४० हजार बराबरको मदिरा नियन्त्रण लिएको प्रहरी चौकी ठाकुरापुरका प्रहरी सहायक निरिक्षक पराग यादवले जानकारी दिनुभयो ।
३२ श्रावण २०७७, आइतबार
प्रतिक्रिया