कपिलवस्तु १ भदौ । कपिलवस्तुको सदरमुकाम तौलिहवा सहित जिल्लाका बिभिन्न पालिकाहरुमा समुदाय स्तरमै कोरोना देखिन थालेपछि बाणगंगा नगरपालिकाले स्वाव परिक्षणलाई तिब्र बनाएको छ । नगरपालिकमा पनि समुदायस्तरमै कोरोना सक्रमितहरु देखिन थालेपछि स्वाव परिक्षणलाई तिब्र बनाएको हो । यसैक्रममा बाणगंगा नगरपालिकाले सोमबार पनि १ सय ८७ जनाको परिक्षण गरिएको छ । जसमा ६५ जना स्वास्थयकर्मी ,९० जना होमक्वारेन्टीनमा बस्नुभएका र ३२ जना समुदायस्तरको स्वाव परिक्षण गरिएको हो ।
नगरपालिकाले समुदायस्तरमा कोरोना फैलिनबाट रोक्नका लागि समयमै स्वाव परिक्षण सहित अन्य रोकथामका कार्यहरुलाई तिब्र गतिमा अघि बढाएको नगरपालिकाका प्रबक्ता एवम वडा नं २ का वडा अध्यक्ष बिष्णु पौडेलले बताउनुभएको छ । यता यस अघि आईताबार कपिलवस्तु उद्योग बाणिज्य सघंलले आफै किट खरिद बाणगंगा नगरको प्राबिधिक सहयोगमा स्वाव संकलन गरेको छ । संघले नगरपालिका भित्रका ७५ जना ब्यवसायी सहित समुदायका गरी ९९ जनाको स्वाब सकंलन गरेको सघंका अध्यक्ष उमानाथ पौडेलले वताउनु भएको छ ।
जिल्लामा स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,बैंक ,सहकारीका कर्मचारी, एनजिओकर्मी ,बिद्यार्थी संगै अन्य स्थानियहरुमा कोरोना देखिन थालेपछि समुदाय स्तरमै कोरोना फैलिएको हो । अहिले जिल्लाको सदरमुकाममा कोरोना तिब्र गतिमा फैलिएको छ । भने अन्य ठाउहरुमा पनि लक्षण सहितका कोरोना सक्रमितहरु भेटिन थालेका छन । केही समय अघि कोरोना मुक्त हुन लागेको कपिलवस्तुमा पूनह अहिले ह्वातै संक्रमितहरु बढ्न थालेका छन । भने स्थानियहरुमा पनि त्रास फैलिएको छ । जिल्ला प्रशासन कार्यालयले पनि भदौ ७ गते सम्मका लागि लकडाउन गरेको छ ।
प्रतिक्रिया