कपिलवस्तु,
१ भाद्र
छतमा रहेको मन्दिरमा
घर जल चढाएर एक छिन बस्दै थिइन । ५२ वर्षका छिमेकी अङ्कलले अस्मिता (नाम परिवर्तन)
का संवेदनशील अङ्गमा सुमसुम्याउन सुरु गरे । अचानक यौन जन्य क्रियाकलाप गर्न लागे
पछि उनी झसङ्ग हुँदै डराइन । जोड बल लगाएर फुत्कने कोसिस गरिन तर सकिनन् ।
अन्त्यमा जोडले चिच्याए पछि अङ्कलको कैदबाट मुक्त भइन । प्रदेश नं. ५ को राजधानी
बुटवलमा साउन ३० गते दिउसो १३ वर्षीय बालिका माथि घटेको यौन दुर्व्यवहारको घटना हो
।
यौन दुर्व्यवहार गर्ने
आरोप लागेका ५२ वर्षका डम्बर बहादुर पोख्रेल होटेल पेसाले व्यवसायी हुन । उनले
हालसालै बुटवलमा घर निमार्ण गरेका थिए । घरमा रहेको मन्दिरमा जल चढाउनका लागी
कन्या चाहियो थियो । बुबा आमाले चलाएको सानो चिया पसलमा सहयोग गरेकी १३ वर्षीय
अस्मिता (नाम परिवर्तन ) जल चढाउन भनेर ती अङ्कलका घरमा पुगेकी थिइन । यो भन्दा
पहिला पनि पूजा गर्न र जल चढाउनको लागी गएकी थिइन । त्यति बेला घरमा पोख्रेलका
पत्नी पनि सँगै थिइन ।
गत शनिवार घरमा अरू
कोही थिएनन् । त्यही मौकामा अनैतिक कार्य गर्न लागेका पोख्रेल यती बेला इलाका
प्रहरी कार्यालय बुटवलको थुनामा रहेका छन् । बुटवलमा भएको यौन दुब्याव्हारमा एक
बालिकाले अस्मिता जोगाउन सफल भएकी छिन । बालिकाले आफू जोगिन कै लागी गरेको सानो
प्रयास सफल भएको छ । बुटवलको पाखापानीमा पोखरा होटेल सञ्चालक पोख्रेललाई इलाका
प्रहरी कार्यालय बुटवलले पक्राउ गरी अनुसन्धानमा राखेको छ ।
यता घरमा एक्लै
टोलाउँदै तनावमा बसेको देखेर बुवाले छोरी लाई धेरै पटक सोधपुछ गरेका थिए । अन्ततः
साँझ मात्र ती बालिकाले घटनाको बारेमा बताइन । शनिवार प्रहरीलाई खबर गरिए पछि
पक्राउ गरिएको थियो । बाल यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दायर गरिएको इलाका
प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रदीप सिंह राठौरले बताएका छन् ।
प्रतिक्रिया