ब्रेकिंग न्युज

सहर डुल्दै कोरोना ! बाँके, रुपन्देही र कपिलवस्तुका सहर बजारमा कोरोना संक्रमण ।



कपिलवस्तु

२ भाद्र २०७७

कोरोना संक्रमितको
संख्या न्यून हुना साथ लकडाउन खुलेर चहल पहल सुरु भएको प्रदेश नं. ५ का तराईका
जिल्लामा समुदायमा कोरोना देखिन लागेको छ । कोरोना जित्ने तयारीमा रहेको प्रदेशमा
एकाएक यातायात विवरण नभएकामा संक्रमण देखिन लागे पछि कोरोनाको खतरा बढेको छ ।
प्रदेशका तराई मधेस क्षेत्रमा ५ जिल्ला मध्ये बाँके
, कपिलवस्तु र रुपन्देहीमा समुदायमा कोरोना बढ्दो क्रममा रहेको छ । यी जिल्लाका
सहरी क्षेत्रमा संक्रमित बढ्न सुरु गरेका छन् । नेपालगन्ज
, बुटवल, भैरहवा, तिलोत्तमा, तौलिहवा, कृष्णनगर बजार क्षेत्रमा संक्रमण देखिएको छ ।

सहरी क्षेत्रमा
समुदायबाट सङ्कलन गरेका स्वाबमा पोजेटिभ देखिएका छन् । समुदायमा देखिए पनि सरकारी
अधिकारी समुदायमा संक्रमण भएको मान्दैनन् ।
अहिले देखिएको
समुदायमा नभई कलस्टर लेभलमा कोरोना देखिएको हो । बैङ्क
, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, व्यापारी, शिक्षक, कर्मचारीमा कोरोना देखिएको छ । कलस्टरमा पुगेको
हुँदा अव समुदायमा फैलिने खतरा रहेको छ । सरकार
, प्रशासन मात्र सजग नभई अव नागरिक आफै सचेत हुनु जरुरी रहेको छ । प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रबत्ता रोशनलाल चौधरीले बताउँछन् ।

बाँके , कपिलवस्तु र रुपन्देही जिल्लामा समूह समूहमा कोरोना 

प्रदेश नम्बर ५ को सबै
भन्दा बढी कोरोना संक्रमण देखिएको बाँके जिल्ला रहेको छ । बाँकेमा २७५ सक्रिय केस
हरेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा मात्र १५० जना संक्रमित समुदायका रहेका
छन् । ३६ जना प्रहरी
, १४ जना नेपाली सेना, सशस्त्र प्रहरी १७ जना, अदालतका कर्मचारी ५ जना र ११ जना अन्य कर्मचारीमा
संक्रमण देखिएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । 

समुदायका संक्रमणका
हिसाबले कपिलवस्तु दोस्रो स्थानमा परेको छ । जिल्लामा अहिले १४६ जनामा कोरोना
देखिएको छ । ती सबै समुदायबाट संक्रमित भएका हुन । कपिलवस्तुमा २० % संक्रमित
यातायात विवरण नभएका भेटिएका छन् । कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार र भारतबाट
छिर्ने ईन्ट्री प्वाइन्ट तोकिएको कृष्णनगर नगरपालिकाका समुदायमा जाँच गर्दा
संक्रमित फेला परेका छन् । तौलिहवा बजारमा मात्र एक सय बढी कोरोना संक्रमित फेला
परेका हुन ।

रुपन्देही जिल्लाका
सबै स्थानीय तह यती वेला कोरोनाको कहरमा रहेको छ । सबै भन्दा धेरै संक्रमित प्रदेश
राजधानी बुटवल
, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा
रहेको छ । कुल संक्रमित मध्ये ३१.३४% समुदायबाट संक्रमित भएका हुन । अहिले १७०
संक्रमित रहेका छन् । ती मध्ये १५८ जना समुदायमा देखिएको छ । बुटवल
उपमहानगरपालिकामा ४३ जना
, सिद्धार्थनगर 
नगरपालिकामा ४० जना र तिलोत्तमा नगरपालिकामा २४ जना रहेको जिल्ला स्वास्थ्य
कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदार शाहले बताएका छन् ।

प्रकाशित : २ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६