प्यूठान २ भदौँ । जंगली च्याउ खादाँ प्यूठानमा दाजुभाइको ज्यान गएको छ भने बुबाआमा र अर्का छोरा बिरामी परेका छन् । नौबहिनी गाउँपालिका ६ बाहनेका ३३ वर्षका विष्णु घर्तीका छोराहरु १३ वर्षका सुगम र १५ वर्षका सुरेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी भएका विष्णुसहित उहाँकी ३० वर्षकी श्रीमती लीला र १७ वर्षका छोरा शशीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । बिरामीको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
२ भाद्र २०७७, मंगलबार
प्रतिक्रिया