स्वास्थ्य

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै , मंगलबार बिहानसम्म ४ जनाको मृत्यु



कपिलवस्तु २ भदौ । कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संक्रमितहरु संख्या दैनिक बढ्दै गएको छ । अहिले कोरोना संक्रमणका कारण संक्रमितको मृत्यु भन्ने समाचार शिर्षक दैनिकजसो सुनिने गरेका छन् । मंगलबार बिहान ११ बजेसम्म मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । यो समाचार तयार पार्दा सम्म देशका विभिन्न जिल्लामा कोरोनाको कारण ज्यान गुमाउने संख्या ४ पुगेको हो । ४ जना मध्ये प्रदेश नं. ५ का २ जना रहेका छन् । भने १ जना बाग्मती प्रदेश र अर्का एक जना गण्डकी प्रदेशका रहेका छन् । 

          प्रदेश ५ मा मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

          त्यस्तै प्रदेश ५ मा ज्यान गुमाउने अर्का संक्रमित नवलपरासीका नेपाली कांग्रेस जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय उनको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गए राति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालमै रहेका कांग्रेस सांसद देवेन्द्रराज कंडेलले पुष्टि गरेका छन् ।

          उनको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।  त्यसपछि बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराएका गिरीलाई थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।

           त्यस्तै कोरोना संक्रमणबाट बाग्मती प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउने काभ्रेका एक वृद्ध रहेका छन । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।त्यस्तै गण्डकी प्रदेशमा संक्रमण पुष्टि भएकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

           तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा पदम खड्काले जानकारी दिए । यो सगैँ नेपालमा कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ११ पुगेको छ । आज दिउसोँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । ।

प्रकाशित : २ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६