रुपन्देही, ३ भदौ । कोरोना संक्रमणको महामारी र लकडाउनका कारण यौनिक तथा लैंङ्गीक अल्पसंख्यकहरुले थप समस्या झेल्नुपरेको गुनासो गरेका छन् । बन्दावन्दीको समयमा सरकारले कुनैपनि राहत र सहयोग नदिएकोमा उनीहरुको गुनासो छ । उनीहरुले बन्दाबन्दीको समयमा रोजगारी गुमेको, घरबहाल तिर्न धौ–धौ भएको र कुटपिटका घटना बढेको गुनासो समेत गरेका छन । तेश्रो लिङ्गी तथा निलहिरा समाजकी आनिक राना मगरले बन्दाबन्दीको समयमा सरकारले आफूहरुलाई राहतको प्याकेज दिनुपर्ने माग गर्नुभयो ।
उहाँले कोरोनाको अवधिमा यौनिक तथा लैंङ्गीक अल्पसंख्यक समुदाय आर्थिक तथा सामाजिक समस्याले प्रभावित भएको भन्दै यही कारणले समूहका आठजनाले आत्महत्या गरेको बताउनुभयो । उहाँले बन्दाबन्दीकै वीच समस्यामा परेका एकसय ७९ जनालाई आफ्नै पहलमा राहत बाँडेको बताउनुभयो । उक्त समूहकी पुष्पा लामाले यौनिक तथा लैंङ्गीक अल्पसंख्यक समुदायलाई राज्यले सधै बिभेद गर्ने र समाजले पनि फरक नजरले हेर्ने गरेकोले धेरै समस्या झेल्नुपरेको गुनासो गर्नुभयो । उहाँले आफ्नो समुदायका आमा बुबाले समेत जेष्ठ नागरिक हुँदा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्नुभयो ।
प्रतिक्रिया