ब्रेकिंग न्युज

रुपन्देहीको गैडहवालाई फुसको छानोमुक्त बनाईदै



रुपन्देही ३ भदौ ।  रुपन्देहीको गैडहवा गाउँपालिकालाई फुसको छानो मुक्त वनाउने अभियान अन्तर्गत यो वर्ष एकसय ८० घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत प्रति परिवार १०\१० थान जस्तापाता वितरण गरिएको कार्यक्रमका सहजकर्ता घनश्याम तिवारीले जानकारी दिनुभयो । गाउँपालिका आफैले सुरु गरेको यो अभियानमा अहिले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले आर्थिक सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले फुसको छानोमुक्त गाउँपालिका बनाउने लक्ष्य पूरा गर्न मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले महत्वपूर्ण सहयोग गरेको बताउनु भयो ।

        फुसको छानो भएका विपन्न घर परिवारलाई यो कार्यक्रमबाट निकै राहत हुने उहाँले बताउनुभयो । अर्को बर्ष पनि विपन्न परिवारलाई जस्तापाता दिएर फुसको छानोमुक्त गाउँपालिका बनाउने उहाँले प्रतिवद्धता जनाउनु भयो । यसैगरी उपाध्यक्ष सुभावती यादवले फुसको छानो हटाउने गाउँपालिकाको सपना अर्को वर्ष पूरा हुने बताउनु भयो । गैडहवा गाउँपालिकाले आर्थिक वर्ष २०७६\०७७ बाटै फुसको घर हटाउने अभियान अन्तर्गत क्रमिकरुपमा बजेट छुट्याएर बिपन्न घर परिवार छनौट गरी जस्तापाता बितरण गर्दै आएको हो । 

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६