कपिलवस्तु ३ भदौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । महामारीको रुपमा फैलिएको यो भाईरसका संक्रमितको संख्या २ करोड १७ लाख ५६ हजार ३५७ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ७१ हजार ६३५ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । नेपालमा पनी पछिल्लो समय सक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गएको छ । त्यस्तै कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनी बढे्को छ । आज बुधवार दिउसो १ बजेसम्म मात्रै देशका विभिन्न स्थानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।पर्सा( वीरगंज )को नारायणी कोरोना अस्पताल ,ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान मा गरी पछिल्लो पटक चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज वीरगन्जमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताका ८४ वर्षीय पुरुष र वीरगन्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। यता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्की कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको हो । त्यस्तै ललितपुरको पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय १८ पुगेको छ । आज ज्यान गुमाएका संक्रमित बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।
प्रतिक्रिया