हेटौंडा, ३ भदौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ ।गए राति हेटाँंडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटाँंडा–४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए ।किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटाँंडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उक्त मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।हेटौंडा वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेका अनुसार मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थियो । कोरोना सङ्क्रमणबाट पहिलो पटक एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।
३ भाद्र २०७७, बुधबार
प्रतिक्रिया