ब्रेकिंग न्युज

आज ६८१ जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु



कपिलवस्तु ३ भदौँ । पछिल्लो  २४ घण्टामा ६ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार पाँच सय २२ जनाको पीसीआर परीक्षण गर्दा जनामा ६ सय ८१ कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार नौ सय ३८ पुगेको छ । 

             यस्तै पछिल्लो २४ घण्टामा एक सय २० जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या १७ हजार सात सय पुगेको छ । अहिले ११ हजार एक सय १८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १३ हजार पाँच सय ७१ जना क्वरेण्टीनमा रहेका छन् । गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २० पुगेको छ । 

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६