सूचना र प्रविधि

नेपाल एअरलाइन्सको वाइडबडी बिहीबार राति सुडानको उडान गर्दै



काठमाण्डौ ४ भदौँ ।  नेपाल एअरलाइन्सको जहाजले बिहीबार राति सुडानको उडान गर्दैछ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनका लागि खटिने सैनिक लिएर नेपाल एअरलाइन्सको वाइडबडी जहाज राति पौने दुई बजे दक्षिण सुडानको राजधानी जुवाको लागि उड्नेछ ।जहाजले दुई सय ६० जना सैनिक लिएर जाने र शान्ति मिसनको सेवा अवधि सकेका सैनिक बोकेर फर्कने नेपाल एअरलाइन्सले जनाएको छ । जहाज शुक्रबार राति नेपाल फर्कने तालिका रहेको छ । नेपाल एअरलाइन्सले दोस्रो पटक सुडानको उडान गर्न लागेको हो ।यसअघि गएको साउन १३ गते नेपाल एअरलाइन्सले आफ्नो इतिहासमै पहिलो पटक सुडानको लागि उडान गरेको थियो ।

प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६