कपिलवस्तु ५ भदौ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद समाधानका लागि कार्यदलले गृहकार्य अन्तिम चरणमा पुराएर प्रतिबेदन बुझाई रहँदा मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री हेरफेरको पनि चर्चा जोडतोडले चलिरहेको छ । केहि दिन अघि एक टेलिभिजनमा अन्तर्वार्ता दिदै नेकपा अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल हेरफेर हुने बताउनु भयो । तर उहाको भनाइमा मन्त्रिमण्डल हेरफेर हुन केही समय भने लाग्ने उल्लेख थियो । प्रदेश सरकारमा पनि थपघट हुने उहाले आशय व्यक्त गर्नु भयो । मन्त्रिमण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर, संवैधानिक निकायहरूमा नियुक्ति लगायत विषयमा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने उहाको भनाइ थियो ।
यसको अर्थ संघिय सरकारमा मन्त्री हेरफेर हुने ,मुख्यमन्त्री फेरवदल हुने र प्रदेश सरकारहरुमा मन्त्री फेरिने भन्नेमा प्रचण्डकै भनाई आधिकारीक रुपमा आएपछि कुनै शंका रहेन । तर यसैबीचमा प्रदेश ५का मुख्यमन्त्री शंकर प्रसाद पोखरेल संघिय मन्त्री बन्न इच्छुक भन्दै मुख्यमन्त्री परिवर्तन हुने चर्चा जोडतेडले चलाइएको छ । कतिपय विश्वासीला मानिएका अनलाइन र राष्ट्रिय दैनिक समेतले लेखेपछि चर्चा तीव्र हुदै आएकोमा मुख्यमन्त्रीगरेको पोखरेललाई उहा स्वमयका कारण वा नेकपाको शक्ति सन्तुलनका कारण फेरवदल हुने संभावना कति छ भनेर प्रेसपाटीले अध्ययन गरेको छ । जसकालागि फेरवदल र हेरफेरका कारण र प्रमाण वारे निम्न ४ तथ्य बुझ्नै पर्ने भएकोछ ।
प्रमाण १ : छ मुख्यमन्त्रीको समिकरण
गत प्रदेश सभा निर्वाचन पछि प्रदेश नं २ वाहेक सबै प्रदेशमा नेकपाले मुख्यमन्त्री बनायो । ६ वटा मुख्यमन्त्री मध्ये साविक माओवादीका तर्फवाट २ र साविक एमालेका तर्फवाट ४ मुख्यमन्त्री निर्वाचित भए । चार मध्ये ४वटै अध्यक्ष केपि ओली निकटकाले मुख्यमन्त्री हुन पाए । यसैवाट माधव नेपाल समुह असन्तुष्ट बन्यो । अव यतिवेला सोही असन्तुष्ठी बढ्दै जादा ओलीका दुबै पदवाट राजीनामा भन्ने चरणमा विवाद पुगेको निश्चित हो ।
अत अब माधव नेपाल पक्षलाई कम्तिमा १ र बढीमा २ मुख्यमन्त्री दिने गरी मुख्यमन्त्रीहरू परिवर्तन हुने सम्भावना छ ।नेकपा स्रोतका अनुसार माधव नेपाल पक्षले एक मात्र मुख्यमन्त्री पाउने अवस्थामा बाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनेछन् ।अध्यक्ष ओली पक्षका डोरमणि पौडेलको ठाउँमा माधव नेपाल पक्षबाट अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने चर्चा छ । शाक्य नेकपाको बाग्मती प्रदेश कमिटी इञ्चार्ज समेत रहनु भएको छ। ‘शक्ति बाँडफाँड हुँदा बाग्मती प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने लगभग पक्का छ,’ नेकपा स्रोतले भन्यो, ‘बाग्मतीमा नेपाल पक्षबाट शाक्य मुख्यमन्त्री बन्ने सम्भावना प्रबल छ ।’नेपाल पक्षलाई २ मुख्यमन्त्री दिनैपरेको खण्डमा प्रदेश १ को मुख्यमन्त्री परिवर्तन हुने सम्भावना छ । हाल ओली पक्षका शेरधन राई प्रदेश १ मा मुख्यमन्त्री रहनु भएको छ।
‘प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन भएको खण्डमा नेपाल पक्षबाट भीम आचार्य मुख्यमन्त्री बन्न सक्नुहुन्छ,’ स्रोतले भन्यो । यद्यपि राईलाई शीतल निवास (राष्ट्रपति विद्यादेवी भण्डारी) को आशिर्वाद रहेकोले नेपाल समुह १ मुख्यमन्त्री मै चित्त बुझाउने स्थिती आउने प्रबल संभावना छ ।
प्रमाण २ : प्रदेश ५ को राजनैतिक समिकरण
अव रहयो प्रदेश ५ शंकर पोखरेललाई मुख्यमन्त्री हटाएर नेपाल समुहवाट मुख्यमन्त्री वनाउने कुनैपनि क्याडर प्रदेश ५को संसदमा छैन । प्रदेश सरकारमा रहेका बैजनाथ चौधरी ,लिला गिरी ,आरती पौडेल आदी अध्यक्ष ओली समुहकै हुन् । प्रदेश सभामा मुख्य सचेतक भूमिश्वर ढकाल ओली पक्षमै हुनुहुन्छ । नेपालको पक्षमा दह्रोगरी लागेका वहुतै सिमित सांसद मध्ये विष्णु पन्थीलाई एक मान्नै पर्छ । तर स्वयम पन्थीले अर्थमन्त्रीको अपेक्षा गरेको र सोही अुनसारको चर्चा हुदै आएको अवस्था छ। उहाले मन्त्री मण्डल पुनरगठन हुदा नेपाल समुहवाट मन्त्री पाउने वाहेक अरु हिसावले संबोधन गर्न पर्ने नेपाल समुहको माग प्रदेश ५ मा केहि पनि छैन । त्यसो भए अव को छ त विकल्प भन्दा विकल्प नै छैन । यसरी आधार र प्रमाणले स्वत अस्वीकार गरेको मुख्यमन्त्री परिवर्तनको हल्ला निराधार नभएर के हुन्छ ?
प्रमाण ३ : शंकरका सहजता र वाध्यता
यतिमात्र होइन फेरी अर्काे कोणवाट हेरौ ।विगतको चुनावमा पोखरेलले मागेको संघ हो । त्यो कुरा वाहिरै सतहमा आएको थियो । तर शुरुमै प्रदेश ५ को मुख्यमन्त्री हुनुपर्ने भन्दै नेकपाले प्रदेश सभामा उठन् वाध्य पारयो । अरु मुख्यमन्त्री को बन्ने भन्ने चर्चा नहुदै अर्थात भनौ चुनाव नहुदै प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल भन्ने सर्बसाधारणमा सम्मले अनुमान गरेका थिए । त्यसरी निर्विकल्प मुख्यमन्त्री बनेका पोखरेल संघिय सरकारमा कहाँवाट कसरी जाने यो संभावना नै छैन नेकपा श्रोतको दावि छ । मुख्यमन्त्री निकटका एक नेताले भने मुख्यमन्त्रीले प्रदेश सभावाट चुनाव जितेर यसपाली संघमा जान इच्छुक हुने हो भने अर्काे पटक दाङमा चुनाव लड्न जाने आधार र नैतिकता नै रहन्न । त्यसैले वजारमा सस्तो खपतका लागि चलेका हल्ला निराधार हुन ।
नेकपाको प्रदेश ५ का सचिवालय सदस्य एवम कार्यलय सचिव बलराम अधिकारीले मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीलाई अप्mठयारो परेका बखत साझमा हिडेर रातीनै गाडीवाट काठमाण्डौ पुग्ने र समन्वय गर्ने काम यस अघिवाटै हुदै आएकाले फेरी पनि आवश्यक परे त्यसरी नै गर्नु हुन्छ भन्दै मुख्यमन्त्री छाड्ने र वदलिने कुनै संभावना नरहेको प्रष्टयाउनु भयो । नेकपा श्रोेतका अनुसार नेकपामा एक ब्यक्ति एक पद लागु भएमा मात्र मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को इन्चार्ज वा मुख्यमन्त्री मध्ये एकपद छाड्नु पर्ने हुन सक्छ । तर त्यो मापदण्ड महाधिबेशन अघि लागु हुने कुनै संभावना छैन नेकपा श्रोतको भनाइछ । प्रधानमन्त्री ओली पाटी अध्यक्ष भएर प्रधानमन्त्री बन्न हुने भएपछि तल्लो तहमा एक ब्यक्ति एक पद लागु हुने भन्ने स्थिती नै आउदैन नेकपा श्रोतको विष्लेषण छ ।
प्रमाण ४ : कार्यदलले ल्याउने प्रतिबेदन
पार्टीमा लामो समयदेखि जारी विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ६ सदस्यीय कार्यदल गठन गर्नु भएको थियो ।जसलाई सचिवालयले समेत अनुमोदन गरेको छ। महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा ओली, प्रचण्ड र माधव नेपाल पक्षबाट २/२ जना सदस्य छन् । ओली पक्षबाट संयोजक पौडेल र शंकर पोखरेल, प्रचण्ड पक्षबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा माधव नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे कार्यदलमा छन् ।
कार्यदलले गृहकार्य गरिरहेमध्ये एक प्रमुख कुरा हो, पार्टीभित्र शक्तिबाँडफाँड । अध्यक्षद्वय ओली र प्रचण्ड पक्षमा पहिले नै शक्तिबाँडफाँड भएपनि माधव नेपाल पक्षको असन्तुष्टि रहँदै आएको निश्चित हो ।त्यसैले यसपटक माधव नेपाल पक्षबाट थप केही मन्त्री र मुख्यमन्त्री बनाउने गरी गृहकार्य भइरहेको स्रोतको दाबी छ ।य स्तोमा पावर शेयरिङको सवालमा किटान गर्नु परेमा कार्यदलले प्रदेश ३ र प्रदेश १ को मुख्यमन्त्रीको फेरवदलको बिकल्प दिन सक्छ । किनकी ३ मा अष्टलक्ष्मी बन्ने लगभग सुनिश्चित भएका बखत डोरमणीले टिकट हुत्याउन सफल भएको विगत नेकपामा जिवितै छ । भीम आचार्यले मुख्यमन्त्री बन्न ठूलै लडाई लडेको भएपनि ओलीका विश्वासपात्र शेरधनले टिकट फुत्काएको पनि स्मरण मै छ ।
यतिबेला ओलीले सकभर १ मुख्यमन्त्री बदलेर नेपाल समुहलाई संवोधन गर्नु हुनेछ । केहि नलागे २ दिएर सन्तुष्ट बनाउनु वाहेक तेश्रो मुख्यमन्त्री पनि नेपाल समुहलाई दिनु पर्ने जस्तो प्रतिबेदन कार्यदलले नत बनाउन सक्छ न त्यो संभव छ । यी सबै तथ्यवाट प्रष्ट छ प्रदेश ५ मा मन्त्री फेरिएलान तर मुख्यमन्त्री फेरिने संभावना नै छैन ।
प्रतिक्रिया