बुटवल ५ भदौ । कोरोनाको विपद शुरु भएपछि विरामीको उपचारमा खटिदै आएका लुम्बिनी प्रादेशिक अस्पतालका नर्स तथा स्वास्थ्यकर्मी महिलाले कोरोनाकै गित गाएर अस्पतालमै तीज मनाइएका छन् । तिज मनाउन घर वा माईत जान नपाइका उनीहरुले शरिरमा गा्रउन र पीपीई संगै मुखमा मास्क लगाएर गाएका तिजका भाकाले अस्पतालको माहोल नै गुञ्जिएमान भएको थियो ।विगत ५ महिनादेखि कोरोना संक्रमितसंगै नियमित उपचारका लागि आउने विरामीको सेवामा खटिदा आफ्नो लागि समय निकालेर रमाईलो गर्ने समय उनिहरुले कमैमात्र पाएका थिए ।
तरपनि वर्षदिनमा एकपटक आउने हरितालिका तीजमा अस्पतालभित्र ड्युटी निभाउंदै गर्दा सन्देशमुलक भएपनि गीत गाएर सन्देश दिए ।देशभर फैलिएको कोरोना भाईरसको संक्रमणका कारण वर्षदिनमा आउने तीजपर्वलाई जमघट गरी मनाउन नपाएपनि स्याहार सुसार संगै तिज मनाएको उनीहरुको भनाई छ ।यस्तैको विचमा पनि लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ स्टाफहरुले भने कोरोना नियन्त्रणको लागि अपनाउनुपर्ने सावधानी सहितको गीत गाएर रमाईलो संगै सर्बसाधारणलार्ई सन्देश दिएका छन् ।
विगत वर्षका तीजमा आलोपालो गरि माईती जाने नर्सहरुले अहिले भने विदा पाएनन् । दिनभरी अस्पतालमा विरामीको सेवामा खटिने नर्सहरु कोरोना संक्रमणको जोखिमका कारण नजिकै माईती भएपनि जान पाएनन् ।राती दिन जुनसुकै समयमा पनि अस्पतालमा खटिनुपर्दा परिवारसंगै बसेर दर समेत खान नपाएका नर्सहरुले गीत मार्फत कोरोनालाई जित्न सके अर्को वर्ष रमाईलो गरेर तीज मनाउला भन्दै सन्देश दिए ।लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमितहरुको उपचारको लागि बुटवलमा कोरोना विशेष आईसोलेसन अस्पताल संचालन गरेपछि धपेडी बढेको नर्सिङ ईन्चार्ज ज्योती पौडेलको भनाई छ ।अस्पतालमा खटिएका नर्सिङ स्टाफहरुलाई न्यास्रो नहोस् भनी गीत गाएर रमाईलो गरिएको अस्पताल र आईसोलेन दुवैतर्फको ईन्चार्जको जिम्मेवारी निभाउंदै आएकी ज्योतीले बताईन् ।
प्रतिक्रिया